झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • 6.3K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

    झापा, १५ साउन। झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    images

    आइतबार दिउँसो मे १ च १६५४ नं। को एम्बुलेन्सले प्र १-०१-०१५ प २१४८ नं।को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका-६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

    डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो । प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि।क।लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # झापा
  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप