• ट्रेण्डिङ्ग :
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै गर्न बानियाँको माग

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै गर्न बानियाँको माग


  • 4.7K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै गर्न बानियाँको माग

    काठमाडौं, १६ साउन। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले आउँदो मंशिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाएका छन् ।

    images

    आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय ब्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । देशमा संघीय ब्यवस्था स्थायित्व हुने देखेपछि शासन ब्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको बताए ।

    शासन ब्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंशिर पहिलो साता हुनुपर्ने भन्दै उनले सरकारले यस बारेमा छिट्टै निर्णय गर्नुपर्ने बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप