• ट्रेण्डिङ्ग :
जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल

जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल


  • 5.4K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ: महासचिव पोखरेल

    काठमाडौं, १६ साउन। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताएका छन् । 

    images

    जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप आज काठमाडौं सो पार्टीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । जनता र राष्ट्ररका विरुद्ध षडयन्त्र गर्नेलाई जानताले नछाड्ने उल्लेख गर्दै उहाँले आजको प्रदर्शन आन्दोलनको थालनी भएको जनाए।

    जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले अब हुने निर्वाचनबाट एमालले जनमत प्राप्त गर्ने भएकाले उत्साहका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापनसभामा परिणत भएको थियो ।

    जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गतका चार जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप