महामन्त्रीको कुर्सीमा बस्ने मात्र होइन पार्टीको नीतिअनुसार काम गर्नुपर्याे : गगन थापा

महामन्त्रीको कुर्सीमा बस्ने मात्र होइन पार्टीको नीतिअनुसार काम गर्नुपर्याे : गगन थापा


  • 6.0K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    महामन्त्रीको कुर्सीमा बस्ने मात्र होइन पार्टीको नीतिअनुसार काम गर्नुपर्याे  : गगन थापा

    काठमाडौं, २३ मंसिर । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग गरिएकाे वाचा पूरा नभएकाे बताएका छन् । नेता थापाले अवधारणापत्र सार्वजनिक जनतासँग गरेकाे वाचा गरेअनुसारकाे काम गर्न नसकेका दलहरूमा अब कुनै पनि बाहना नचल्ने बताएका हुन् ।  

    images

    ‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’

    ‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । 

    कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्ने मात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।  

    त्यस्तै, थापाले आफ्नो  ‘समुन्नत नेपाल स् सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका छन् ।

    शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । 

    १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल स् सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ । 
     

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा