• ट्रेण्डिङ्ग :
अखिल क्रान्तिकारीको दुवै पक्षसँग प्रचण्डको छलफल

अखिल क्रान्तिकारीको दुवै पक्षसँग प्रचण्डको छलफल


  • 5.8K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    अखिल क्रान्तिकारीको दुवै पक्षसँग प्रचण्डको छलफल
    काठमाडौं, १८ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् ।

    पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । 

    images

    संगठनमा विवाद लामोसम्म राख्नु नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको भनाइ छ । प्रचण्डले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्दै सुधारेर जानेबारे छलफल गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # प्रचण्डको छलफल

  • तेस्रो आँखा