कांग्रेस महाधिवेशन : आचारसंहिताविपरीत चुनावी प्रचार

कांग्रेस महाधिवेशन : आचारसंहिताविपरीत चुनावी प्रचार


  • 9.2K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    कांग्रेस महाधिवेशन : आचारसंहिताविपरीत चुनावी प्रचार

    तेस्राे आँखा डेस्क। 

    images

    काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २४ गते भोली देखि सुरु हुँदैछ । काठमाडौंको महाधिवेशनको उद्घाटनका लागि भृकुटीमडण्पमा भव्य मञ्च तयार पारिदैछ। उम्मेदवारहरुले  आचारसंहिताविपरीत प्रचारप्रसार गरेको पाइएको छ । 

    महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेदवारहरूले आफ्नो फोटोसहितको उम्मेदवारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।

    हिजो मात्रै कांग्रेस निर्वाचन समितिले ६ बुँदे आचार संहिता जारी गर्यो । समितिले जारी गरेको आचारसंहितालाई वेव्यस्था गर्दै उम्मेदवारहरुले प्रचार प्रसार गरिरहेका छन् ।

    कांग्रेसको १४ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेदवारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेदवारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँसी रहेका छन् । 

    महाधिवेशनको आचारसंहिताविपरीत उम्मेदवारहरु प्रचारप्रसार गरेको भन्दै प्रहरी प्रशासनले नै त्यसलाई हटाउन निर्देशन समेत दिएकाे थियाे । 

    महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचारप्रसारको सामग्री तुरुन्त हटाउन प्रहरीले माइकिङ समेत गरेको छ । तर उम्मेद्वारहरुले जथाभावी अटेरी गर्दै पोष्टर, पम्प्लेट टाँसी रहेको देखिन्छ । 

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा