दार्चुलामा मतदानस्थल थप गर्न सिफारिस

दार्चुलामा मतदानस्थल थप गर्न सिफारिस


  • 6.0K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    दार्चुलामा मतदानस्थल थप गर्न सिफारिस

    दार्चुला, १८ साउन। आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो।

    images

    प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो।

    जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए। यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन्।

    यस्तै गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार तीन सय ८२ मतदाता पुगेका छन्। गत स्थानीय तह निर्वाचनमा ८८ हजार दुई सय ८५  मतदाता थिए। अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ। अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ताक्रम जारी  छ। 

  • सम्बन्धित विषय:

  • # दार्चुला

  • तेस्रो आँखा
    लेखकबाट थप