• ट्रेण्डिङ्ग :
सरकारी कार्यालयका टेवल-टेवलमा गरिन शासन आजैदेखि अन्त्य गर्नुस्: प्रधानमन्त्री देउवा

सरकारी कार्यालयका टेवल-टेवलमा गरिन शासन आजैदेखि अन्त्य गर्नुस्: प्रधानमन्त्री देउवा


  • 8.4K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    सरकारी कार्यालयका टेवल-टेवलमा गरिन शासन आजैदेखि अन्त्य गर्नुस्: प्रधानमन्त्री देउवा

    काठमाडौं, १८ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल-टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।

    images

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    ‘तपाईँहरूले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।’ प्रधानमन्त्रीले कानुनबमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिए ।

    इन्धनको मूल्यवृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकाी कर्मचारीलाई सवारीसाधनको सुविधा पाए/नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिए । त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिए ।

    विद्युत खपत बढाउने, निर्यातलाई प्रबर्द्धन गर्नेलगायतका कामहरू सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ । उक्त बैठकमा सरकारका सबै मन्त्रीहरूले आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनका विषयमा धारणा राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप