मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु


  • 6.3K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

    चन्द्रौटा, १८ साउन। कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए ।

    images

    दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप