दाङ, १८ साउन। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको बताएका छन् ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरेका हुन् ।
उनले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको पनि बताए। भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको उनको भनाइ छ ।
महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा नभएको स्पष्ट पारे । पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उनले गरे। कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए ।
