कांग्रेस १४ औं महाधिवेशन
गाँस, बास र सुरक्षा व्यवस्था कस्तो छ ? कति बजे के खाने ? निर्वाचन कार्यतालिकासहित

गाँस, बास र सुरक्षा व्यवस्था कस्तो छ ? कति बजे के खाने ? निर्वाचन कार्यतालिकासहित


  • 6.8K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    गाँस, बास र सुरक्षा व्यवस्था कस्तो छ ? कति बजे के खाने ? निर्वाचन कार्यतालिकासहित
    • तेस्रो आँखा डेस्क । 

    काठमाडौं, २३ मंसिर । राजनीतिक दलको महाधिवेशन एक उत्सवका रुपमा लिइन्छ । पार्टीको महाधिवेशनले भावी नेतृत्व आउने भएकाले पनि महाधिवेशन महत्वपुर्ण मानिन्छ । दलका कार्यकर्ताले झन कुुम्भ भेलाकै रुपमा लिने गर्छन् । प्रजातान्त्रिक विचारधारकाे पार्टीको महाधिवेशन त झनै रोचक हुने भाे । आकांक्षी धेरै हुने भएकाले निकै रस्साकस्सी हुने भएपछि थप रोचक बन्ने गरेको छ । 

    images

    नेपाली कांग्रेस १४ औं महाधिवेशन उद्घाटन हुन अब केहि घण्टामात्रै बाँकी रहदै गर्दा महाधिवेशन उद्घाटनस्थल रंगीचंगी भएको छ । पार्टीको झण्डा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राखिएको छ । भने, विभिन्न स्थानमा प्रचार सामाग्री र ठूला ठूला प्रवेशद्वार बनाइएको छ  । 

    चार दिनसम्म चल्ने कांग्रेस महाधिवेशनको व्यवस्थापन एउटा ठुलो चुनौती बनेको छ । करिब ४५ सय प्रतिनिधि र हजारौं कार्यकर्ताकाबीच शुक्रबार हुने महाधिवेशन उद्घाटन सत्रका लागि एक हजार स्वयमसेवक परिचालन हुने भएका छन्  । काठमाडौंको भृकुटीमण्डपमा सुरु महाधिवेशनकाे सबै तयारी पुरा भएको छ । महाधिवेशन प्रयोजनका लागि कांग्रेसले यसअघि विभिन्न समिति तथा उपसमिति बनाएको थियो । 

    उद्घाटन समारोह एंव मञ्च व्यवस्थापन समिति 
    कांग्रेस १४ औं महाधिवेशन उद्घाटन कार्यक्रमकालागि काठमाडौं उपत्यका कांग्रेसले   मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको थियो । काठमाडौं, भक्तपुर, ललितपुर उपत्यका जिल्ला समितिले करिब ३५ लाखको लागतमा भव्य मञ्च निर्माण गरेको छ । कोरोना संक्रमण जोखिमका उद्घाटन सत्रलाई तामझाम नगर्ने निर्णयमा पुगेको कांग्रेसले मञ्चमा तीन सय मानिसलाई राख्न मिल्ने बनाएको छ ।

    जिल्ला सभापतिको संमन्वयमा मञ्च व्यवस्थापनको जिम्मेवारी पाएका काठमाडौं कांग्रेस जिल्ला समिति सचिव गोविन्द पुडासैनीले पहिलो रोहमा सांस्कृतिक कार्यक्रम, दोस्रोमा प्रमुख अतिथी, तेस्रोमा विभिन्न दलका प्रतिनिधि, चौथोमा कुटनीतिक नियोगका प्रतिनिधि र केन्द्रीय सदस्य गरि तीन सय मानिस मञ्चको अग्रस्थानमा रहने व्यवस्था मिलाएको बताए ।

    भोजन तथा आवास व्यवस्थापन समिति
    कांग्रेसले महाधिवेशन प्रतिनिधिकोरुपमा करिब ४ हजार ३ सय १९ प्रतिनिधिको सूचि सार्वजनिक गरेको छ । त्यसमा महाधिवेशन प्रतिनिधि, परिवेक्षक र विदेशी पाहुनाको उपस्थिति रहनेछ । त्यसमा स्वयमसेवक देखि महाधिवेशनमा खटिएको बासको व्यवस्था थप चुनौती पुर्ण रहेको छ ।

    महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंको ठमेल र गौशाला क्षेत्रका होटलमा करिब ४५ सय कोठा बुक गरिएको छ । आवास व्यवस्थापन समितिका संयोजक नेता सुरेन्द्र पाण्डेले काठमाडौंको जमलस्थीत एलोप्यागोडामा रहेको आवास सचिवालमा प्रतिनिधिले सम्पर्क गरेर कहाँ बस्ने भन्नेबारेमा जानकारी लिन सक्ने बताए । 

    स्वयंसेवक व्यवस्थापन समिति
    उद्घाटसत्रमा करिब ५० हजार मानिसको उपस्थितिको अनुमान गरिएको छ । दशैभरिबाट आएका महाधिवेशन प्रतिनिधि, उनिहरुसंग भएका अन्य कार्यकर्ता, काठमाडौं उपत्यकाका प्रतिनिधि, परिवेक्षक, पत्रकारसँगै अन्यको उपस्थितिलाई व्यवस्थापन गर्न पुर्व कर्णेल धन बहादुर मास्कीको संयोजकत्वमा समिति बनाइएको छ ।

    मास्कीका अनुसार उद्घाटनसत्रलाई चार सुरक्षा घेरामा सुरक्षा दिइने छ । पहिलो घेरामा भूतपुर्व सैनिकले सुरक्षा दिनेछन् भने, दोस्रो घेरामा नेविसंघ र तेस्रोमा तरुणदलका कार्यकर्ताले सुरक्षा दिनेछन् । त्यसपछि नेपाल प्रहरीले सुरक्षाको प्रवन्ध मिलाउने नेपाल भूतपुर्व सैनिक संघका अध्यक्ष तथा १४ औं महाधिवेशन स्वयम सेवक परिचालन समिति संयोजक मास्कीले बताए । त्यसकालागि करिब एक हजार स्वयम सेवक परिचालन गरिने भएको छ । 

    स्वास्थ्य समिति 
    नेता मोहन बस्नेतको संयोजकत्वमा बनेको स्वास्थ्य समितिले तीन तहमा स्वास्थ्य सुविधा उपलव्ध हुनेगरि व्यवस्थापन अघि बढाएको छ। समितिका सदस्य डा.अनिल कुमार कार्की अनुसार प्रतिनिधिलाई प्रवेशद्धारादेखि नै स्वास्थ्य निगरानीमा राख्ने, माक्सको अनिवार्य प्रयोग गर्ने बताए। त्यसमा महाधिवेशन अवधिभरि एम्बुलेन्सको व्यवस्था गरिने समितिले  जनाएको छ । त्यसका साथै उद्घाटन स्थलमा कोरोना एन्टेजिन परिक्षण देखि कोराना खोपको व्यवस्था गर्ने समितिले तयारी गरेको छ ।  

    सञ्चार व्यवस्थापन  
    १४ औं महाधिवेशनमा समाचार, सुचना प्रकाशन प्रचारण गर्न सञ्चार सेन्टर निर्माण गरिएको छ । महाधिवेशन अवघिभरि सञ्चारमाध्ययमको सुविधाकालागि इन्टरनेटको व्यवस्था गरिएको छ । महाधिवेशन मिडिया संयोजक सुरेश आचार्यले टेलिभिजन लाइभ र अन्य सुचना प्रसारणको व्यवस्था मिलाईएको बताए । 

    शुक्रबार उद्घाटनसत्र बाहेकको रिर्पाेटिङ गर्न मिडिया सेन्टरले पास लिनुपर्ने हुन्छ। त्यसकालागि शुक्रबार मिडिया कार्यलयमा सम्पर्क गर्न संयोजक आचार्यले आग्रह गरे । कांग्रेसले महाधिवेशनलाई मर्यादित बनाउन बन्दसत्रमा प्रतिनिधिलाई मोवाइन फोन लैजान बन्देज गरेको छ । भने उम्मेदवारकालागि ६ बुदेँ आचारसंहिता बनाइएको छ ।

    अधिवेशन कार्यतालिका
    महाधिवेशन कार्यतालिका अनुसार उद्घाटन अघि शुक्रबार बिहान महाधिवेशन प्रतिनिधिको नामवली प्रकाशन हुुने छ । शनिवार बिहान १० देखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, सोहि दिन बेलुकी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । शनिवार नै बेलुका ७ देखि ९ बजेसम्म दावी विरोध, र राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामवली प्रकाशन गर्ने र आइतबार अन्तिम नामवली प्रकाशन गर्ने कार्यतालिका छ । सोमबार बिहान ८ बजेबाट मतदानको प्रक्रिया सुरुहुने छ ।

    नेतृत्व चयनका लागि प्रतिनिधिले २९ वटा मतपत्रबाट मतदान गर्नेछन् । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब एक घण्टा लाग्न सक्ने बताइएको छ । २९३ वटा मतदान बुथ र एक हजार मतपत्र खसाल्ने बक्सको व्यवस्था गरिएको छ । उम्मेदवरले महाधिवेशन उद्घाटन स्थल आसपास ५ सय मिटरमा कुनै पनि प्रचारका सामाग्री राख्न नपाउने नियम बनाइएको छ ।   

    महाधिवशेन खानाको मेनु 
    १४ औँ महाधिवेशनमा प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले पाएका छन् । खाना खुवाउने स्थलभने भृकुटीमण्डपको गार्डेन रहने छ । यसका लागि २० देखि ३० वटासम्म स्टल राख्ने तयारी भइरहेको छ । स्टलमा मांसाहारी र शाकाहारी खानाका लागि छुट्टाछुट्टै स्टल हुनेछन्  । त्यसका लागि एक सय ६० जनाले एकै पटक काम गर्नेछन् । खाना बनाउन ६० दक्ष सेफ खटिने छन् । 

    खाना खाने समय  
    ब्रेकफास्ट-बिहान ७ देखि १० 
     लन्च
    बिहान ११ देखि २ बजेसम्म
    डिनर
    साझ ६ देखि ८ बजेसम्म
    महाधिवेशनको खाना मेनु

    शुक्रबार २४ मंसिर  
    डिनर- जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही । 

    शनिबार २५ मंसिर 
    बिहान चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
    लन्च- जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही । 
    डिनर- प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

    आइतबार २६ मंंसिर
    बिहान- हलुवा, पुरी, तरकारी, चिया र कफी । 
    लन्च-भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
    डिनर- जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट ।

    सोमबार २७ मंसिर
    बिहान- पराठा, तरकारी, अचार, चिया, कफी 
    लन्च -प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स, दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही 
    डिनर -जिरा राइस, चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस १४ औं महाधिवेशन

  • तेस्रो आँखा