कांग्रेस नेतृ विमला नेपालीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

कांग्रेस नेतृ विमला नेपालीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 


  • 6.5K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    कांग्रेस नेतृ विमला नेपालीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 
    • तेस्रो आँखा डेक्स

    काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस नेतृ एवं संघिय संसदकाे प्रतिनिधि सभा सांसद विमला नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । आसन्न १४ औं महाधिवेशनमा दाङ निवासी नेपालीले समावेशी –कोटा अन्र्तगत दलित महिला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन । पार्टीको दलित संघमा सक्रिय नेतृ नेपाली यसअघि संविधानसभा सदस्य भइसकेकी छन् । 

    images

    दलित आन्दोलनमा अग्रणी भूमिका निभाउने नेपाली विद्यार्थी कालदेखिनै सक्रिय राजनीतिमा रहेकी छन् ।  २०५९ कांग्रेसको भातृ संस्था दलित संघमा आमन्त्रीत केन्द्रीय सदस्य बनेकी नेपाली  २०६६ सालमा आउदा नेपाल दलित संघकै केन्द्रीय कोषाअध्यक्षमा निर्वाचित   भइन । २०६४ सालको पहिलो संविधानसभामा समावेशी तर्फ समानुपातिक सदस्य बन्न सफल भईन । 

    संविधानसभामा रहदा दलितका हक अधिकार स्थापित गर्न निकै संघर्ष गरेकी नेपाली अहिले  संघीय संसदको प्रतिनिधिसभा समानुपालिक सांसद छिन । आफ्नो जीवन पुरै राजनीतिकमा सर्मपण गरेकी नेपाली विभिन्न संघसंस्थामा आवद्ध छिन । 

  • सम्बन्धित विषय:

  • # विमला नेपाली

  • तेस्रो आँखा