• ट्रेण्डिङ्ग :
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय


  • 5.5K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं, १९ साउन। सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

    images

    निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

    मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप