काठमाडौं, १९ साउन। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तेस्रो आँखासँग कुरा गर्दै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन आज भने जारी रहनेछ ।
