• ट्रेण्डिङ्ग :
अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्कर नियुक्त

अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्कर नियुक्त


  • 7.4K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्कर नियुक्त

    काठमाडौं, १९ साउन। सरकारले अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिवसमेत रहेका पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images

    यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। पुष्करलाई अर्थसचिव समेत हेर्नेगरी जिम्मेवारी दिइएको हो। केही समययता अर्थमन्त्री जनार्दन शर्मा र सचिव मरासिनीबीच टकराव उत्नपन्न भएपछि अर्थमन्त्रालयमा उपस्थित भएका थिएनन्।


    तेस्रो आँखा
    लेखकबाट थप