काठमाडौं २० साउन । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ। सिंहदरवारस्थित समिति सचिवालयमा दिउँसो एक बजे बस्ने बैठकमा समितिको आगामी कार्यसूचीबारे छलफल गरेर निर्णय लिने समिति सदस्य पदम गिरीले जानकारी दिए।
सरकारले मंसिर ४ गते संघ र प्रदेशको चुनावको मिति घोषणा गरेसँगै संसद र सांसदको कार्यकाल निश्चीत समयसम्मको लागि मात्रै हुने भएकाले समिति बैठकमा छलफल गर्ने विषयवस्तुहरू निर्धारण गर्ने उनले बताए । समितिमा छलफल गर्ने वा सांसदहरु चुनाव लक्षित कार्यक्रम लिएर जिल्ला दौँडाहामा जाने भन्ने टुंगो लगाउन लागेको हो ।
समितिमा अहिले वित्तीय उत्तरदायित्व सम्बन्धी विद्येयकमाथि छलफल चलिरहेको छ। समितिमा छलफल चलिरहेको उक्त विधेयक संसदमा पठाइयो भने यहि संसदले पारित गर्न भ्याएन भने अब बन्ने सदन अन्र्तगतको समितिले फेरि छलफल गर्नुपर्ने समिति सदस्य गिरीले बताए । चुनावको मिति घोषणा भइसकेको अवस्थामा महत्वपूर्ण निर्णय हुने कुरा भएन, त्यसैले आज सम्मका छलफल रोकेर नयाँ र कम महत्वका छलफलको कार्यसूची बनाउँछौ।’
यस्तै हतियार खरिद सम्बन्धी सरकारले गरेको भनेको निर्णय,बीमा कम्पनी स्वीकृती, ब्रोकर लाइसेन्स लगायत विषयमा सरकार र सम्बन्धीत संस्थालाई बोलाएर छलफल गर्ने तयारी पनि भएको समिति सदस्य गिरीले देशसञ्चारलाई जानकारी दिए।
