नेपालकाे भ्रमण नै नगरेका आबे नेपाल आउँदा आफूसँग दुई तिन पटक कुराकानी भएको भनि प्रचण्डले झुट बोलेपछि...

नेपालकाे भ्रमण नै नगरेका आबे नेपाल आउँदा आफूसँग दुई तिन पटक कुराकानी भएको भनि प्रचण्डले झुट बोलेपछि...


  • 9.3K
    SHARES
    • श्रावण २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    नेपालकाे भ्रमण नै नगरेका आबे नेपाल आउँदा आफूसँग दुई तिन पटक कुराकानी भएको भनि प्रचण्डले झुट बोलेपछि...

    काठमाडौं, २१ साउन। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिए ।

    images

    ‘मैले एउटा त, नेपालीहरुको यहाँ कस्तो स्थिति छ ? नेपालले नेपालीहरुका लागि के चाहिँ गर्न आवश्यक छ त ?’ उनले भने, ‘चाहे कुनै व्यवासयमा हुने वा पढ्ने विद्यार्थीका लागि नेपालका तर्फबाट, नेपाल सरकार, नेपालको राजनीतिक नेतृत्वको तर्फबाट के गर्नपर्छ भन्ने अध्ययन गर्ने एउटा विषय छ ।’

    त्यसपछि भने प्रचण्डले झुटो कुरा गरेका छन् । उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन राम्रो भएको थियो ।’

    तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन् । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन् । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिए ।

    जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो । प्रचण्डले यो घटना असाध्य दुखद भएको र जापानका लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्ध अर्को हाइटमा कसरी लने भन्ने मेरो इच्छा थियो, त्यो पूरा भएन । असाध्यै दुखद घटना भयो, जाापानका लागि दुर्भाग्यपूर्ण घटना हो ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप