पूर्व राजाको सचिवालयले भन्यो : ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन

पूर्व राजाको सचिवालयले भन्यो : ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन


  • 6.2K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    पूर्व राजाको सचिवालयले भन्यो : ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन
    • तेस्रो आँखा डेस्क ।

    काठमाडौं, २३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट पारेकाे छ । 

    images

    पूर्व राजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ । 

    'मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ' सूचनामा भनिएको छ, 'यस्तो निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।'

    त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ ।