प्रचण्डद्वारा द्वितीय विश्वयुद्वमा ध्वस्त भएकाे जापानको हिरोसिमा स्‍मृति पार्क र संग्रहालयकाे अवलोकन

प्रचण्डद्वारा द्वितीय विश्वयुद्वमा ध्वस्त भएकाे जापानको हिरोसिमा स्‍मृति पार्क र संग्रहालयकाे अवलोकन


  • 7.2K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    प्रचण्डद्वारा द्वितीय विश्वयुद्वमा ध्वस्त भएकाे जापानको हिरोसिमा स्‍मृति पार्क र संग्रहालयकाे अवलोकन

    काठमाडौं, २२ साउन। जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले द्वितीय विश्वयुद्वमा आणविक बमले ध्वस्त जापानको हिरोसिमा स्‍मृति पार्क र संग्रहालय अवलोकन गरेका छन्।

    images

    दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।

    दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो। उक्त बम हमलामा हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको छ।

    दाहाल हिरोसिमा भ्रमणबाट आजै टोकियो पुग्ने र साँझ नेपाली जनप्रगतिशिल मंच जापानले आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन्।

    6.jpg

    5.jpg

    4.jpg

    3.jpg

    2.jpg

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप