काठमाडौं, २२ साउन। सांसद घनश्याम खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र जबरासँग मतियार भएकाहरुलाई पनि छलफलमा ल्याउनुपर्ने माग गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद खतिवडाले प्रधानन्यायाधीश जबराका चोलेन्द्रका मतियारलाई पनि छलफलमा ल्याउनुपर्ने माग गरेका हुन्।
महाभियोग प्रस्तावमाथि ढिलो गरी छलफल सुरु भएको भन्दै आपत्ती जनाए। उनले भने,’ यो महाभियोग प्रस्ताव ल्याउने तरिका,छलफल गर्ने तरिका नै गलत भयो। त्यसैले चोलेन्द्रका मतियार पनि छलफलमा तानिनुपर्छ।’
सर्वोच्च अदालतलाई कायममुकायमले चलाउने गरी प्रस्ताव ल्याएको उनको भनाइ छ। छलफल ढिलोगरी सुरु भएकाले यो प्रस्तावको किनारा लाग्नेमा उनले शंका व्यक्त गरे।
