• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने


  • 5.7K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने

    काठमाडौं,२३ मंसिर । नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    images

    त्यस्तै, बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीकोतर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।  

    त्यस्तै, बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, वाग्मती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरेको छ । 

    स्थायी कमिटी बैठकमा माओवादी पार्टी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ, भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरु सदस्यहरुलाई पछि थप्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पुषमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको    छ । 

  • सम्बन्धित विषय:

  • # माओवादी–केन्द्र

  • तेस्रो आँखा