• ट्रेण्डिङ्ग :
सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल


  • 6.2K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    सिटीको जितमा हालान्डको दुई गोल

    काठमाडौं २३ साउन । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२र२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।

    images

    नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २(० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो।


    खेलको ३६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औँ मिनेटमा सिटीको अग्रता दोब्बर पारे। यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २(१ ले पराजित भयो। युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।

    पास्कल ग्रोसले ३०औँ मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो। ३९औँ मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।

    युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो। खेलको ६८औँ मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो।

  • सम्बन्धित विषय:

  • # दुई गोल

  • तेस्रो आँखा