एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष

एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष


  • 4.7K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए वडाध्यक्ष

    मकवानपुर २३ साउन  । मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन् ।

    images

    २०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन् ।

    राजनीतिको लागि शिक्षा अति आवश्यक रहेको महशुस भएको बताउँदै उनले समाजसुधारको लागि औपचारिक शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने ठानेर भनाए भएको बताए । ५१ वर्षका खनाल नेपाली कांग्रेसको तर्फबाट लगातार दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन्ख ।

    आफुले सुरु गरेको अभियानले विभिन्न कारणले बिचैमा अध्ययन छाडेकारुलाई समेत प्रेरणा मिल्न सक्ने र पुनः अध्ययन थाल्ने अभियानको सुरुवात हुनसक्ने उनकाे भनाइ छ। पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै खनालले कक्षा ११ भर्ना गरेको बताए । राजनिति गरेर समाज सुधान गर्नको निम्ती शिक्षा सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।

    औपचारिक शिक्षाको अभाव खड्कीयपछि विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # वडाध्यक्ष खनाल

  • तेस्रो आँखा