जापान २३ साउन । अध्यक्ष कमरेड प्रचण्डले सैतामा प्रीफेक्चुरल सरकार जापान, कृषि व्यवसाय सहयोग डिभिजन अन्तरगतको कुरुसु अर्किड लिको अवलोकन भ्रमण गरेका छन् । नेपालबाट जापान जानु पूर्व नै प्रचण्डले उक्त स्थानकाे भ्रमणको लागि इच्छा ब्यक्त गररेका थिए ।
सैतामामा अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पुर्वराजदुत मासामिची साइगो र सैतामा प्रीफेक्चरल सरकारका प्रतिनिधिहरुले स्वागत गरेका थिए । उक्त अवसरमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागीता रहेको थियो।
साे अवसरमा अध्यक्ष प्रचण्डले पुर्व राजदुतलाई संकेत गर्दै नेपाल कृषि प्रधान मुलुक रहेकाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न आफुहरुले चाहेकाे बताए । उनले त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका बताउँदै जापानरुको प्रविधि नेपालले सिक्हान चाहेकाे बताए ।
उनले साे अबसरमा महामहिम राजदुत र नेपाली प्रतिनिधिका अगुवा पनि यही रहेका कारण तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गर्नुहुने भन्ने आफुहरु विस्वस्त रहेकाे बताए ।
