कांग्रेसको १४औँ महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा बस्लान् ?

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा बस्लान् ?


  • 6.1K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    कांग्रेसको १४औँ महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा बस्लान् ?

    काठमाडौं, २४ मंसिर । सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन आज (शुक्रबार) बाट काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनकाे उद्घाटन गर्नेछन् ।

    images

    महाधिवेशनमा ४ हजार ७०० मध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    उद्घाटनका लागि भृकुटीमण्डपमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडाैं आइसकेका छन् ।

    महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेता सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ छन् । यद्यपि, उनले आफू महाधिवेशनमा आउने वाचा यस अघि कांग्रेस  नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

    तत्कालीन नेकपाकाे किचलाे र त्यसपछिकाे विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

    महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

    शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

    महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भाेलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भाेलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ ।  दाबी विरोधउपर निर्णय पनि  भाेदि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

    उम्मेदवारको पहिलो नामावली प्रकाशन भाेलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय  २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ । न्युज कारखाना


    तेस्रो आँखा