• ट्रेण्डिङ्ग :
निषेधित लागुऔषध सहित २ जना पक्राउ

निषेधित लागुऔषध सहित २ जना पक्राउ


  • 5.7K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    निषेधित लागुऔषध सहित २ जना पक्राउ

    विराटनगर २४ साउन ।  मोरङको रतुवामाई नगरपालिका- ४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

    images

    सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ  साईकलमा सवार रहेका  मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने  २२ बर्षीय युगल लिम्बुलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

    उनीहरुलाई चेकजाँच गर्ने क्रममा  निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ । 

  • सम्बन्धित विषय:

  • # २ जना पक्राउ

  • तेस्रो आँखा