कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङमा विद्यालय बन्द

कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङमा विद्यालय बन्द


  • 6.6K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङमा विद्यालय बन्द

    भोजपुर २५ साउन ।   कोराना  सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।

    images

    गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

    स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्यालय बन्द

  • तेस्रो आँखा