काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उदघाटन सुरु भएको छ । कार्यक्रममा उपस्थित विभिन्न दलका नेताहरु तथा विदेशी पाहुनालाई आमन्त्रण गर्ने कार्यक्रम जारी रहेकाे छ ।
कार्यक्रममा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्ष नेताहरू पनि महाधिवेशनस्थलमा छन् । त्यस्तै, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
त्यस्तै, भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको थियो । झाँकीपछि औपचारिक रूपमा उद्घाटन सुरु भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु सहभागी छन् । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।
