• ट्रेण्डिङ्ग :
देशभर बाढी र पहिरोले क्षति गरिरहँदा सरकार कानमा तेल हालेर बसेको छ: महेश बस्नेत

देशभर बाढी र पहिरोले क्षति गरिरहँदा सरकार कानमा तेल हालेर बसेको छ: महेश बस्नेत


  • 4.9K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    देशभर बाढी र पहिरोले क्षति गरिरहँदा सरकार कानमा तेल हालेर बसेको छ: महेश बस्नेत

    काठमाडौं, २५ साउन। नेकपा एमालेका सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण  गराएका छन्।

    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत  र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको आरोप लगाए। ’देशभर बाढी र पहिरोले क्षति गरेको छ। सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ,’उनले भने।

    उनले भक्तपुरको मनोहर खोलामा आएको बाढीले बस्ती नै डुबानमा परेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। देश नै बाढी र पहिरोको चपेटमा परेको भन्दै उनले धनजनको क्षतिपूर्ति  दिने कुरामा, राहत र पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको टिप्पणी गरे। 

    सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न माग गरे। देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति  दिने कुरामा राहतको पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको छ,’उनले भने,’ सदनमा आएर यसको उचित जवाफ दिन र उचित पहल लिन का हार्दिक अनुरोध गर्दछु।’

     

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • तेस्रो आँखा
    लेखकबाट थप