फोहोरको भुमरिमा रुमलिदै बालेन

फोहोरको भुमरिमा रुमलिदै बालेन


  • 10.4K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    फोहोरको भुमरिमा रुमलिदै बालेन

    काठमाडौं, २५ साउन। फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर बालेन्द्र शाह (बालेन) नेपालको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मयेरमा स्वतन्त्रतर्फबाट निर्वाचित भए । पुराना र ठूला दलहरुको प्रतिष्ठाको रुपमा हेरिएको र थुप्रैदलहरुले आफ्नो पकड मान्ने काठमाडौं महानगरबाट स्वतन्त्रबाट उम्मेदवारी दिएका एक व्यक्ति निर्वाचित हुन्छन् भन्ने धेरैको कल्पनाबाहिरको कुरा थियो । तर काठमाडौंको फोहोरलाई मुख्य एजेन्डा बनाएर बालेन काठमाडौंको मेयरमा निर्वाचित मात्र भएनन् अत्याधीक मत प्राप्त पनि गरे । 

    images

    मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन नगरेसम्म आफूले वीजयीको फूलमाला समेत नलगाउने भनेर प्रण गरेका छन् । गएको वैशाख तीस गतेको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका बालेनले फोहोर व्यवस्थापन नगरी माला नलगाउने भनि हाल सम्म लगाएका छैनन् । तर मेयर बालेनले हालसम्म पनि काठमाडौंको फोहोर व्यवस्थापनको दिर्घकालीन आधार फेला पार्न सकेका छैनन् । हाल काठमाडौं राजधानी फोहोरको डंगुरले भरिएको छ । बालेन शाहले आफूले फोहोर व्यवस्थापनको लागि बरु एक वर्ष राजधानीवासीको गाली खाने तर क्षणिक नभई दिर्घकालीन रुपमा फोहोर व्यवस्थापनको उपाय खोज्ने सार्वजनिक रुपमै बताइसकेका छन् । 

    काठमाडौंको फोहोरको समस्या धेरै लामो समय अगाडि देखिको किचलोको रुपमा रहेको छ । धेरैले यसको व्यवस्थापन गर्छुभन्दै आशा देखाएपनि यसको समाधान निष्कन सकेको छैन । बालेन निर्वाचित भएको समयदेखि नै काठमाडौंमा फोहोर थुप्रो लागेकोले बालेनको लागि थप कठिनाई थपिँदै आएको छ । मेयरमा निर्वाचित भएदेखि बालेनको हाल सम्मको अवधिलाई हेर्दा फोहोरको व्यवस्थापनमा भन्दा बढी समस्या समय बितेको देखिएको देखिन्छ । यसै कारणले गर्दा पनि मेयर शाहले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ । कतिपयले भने उनी स्वतन्त्र रुपमा निर्वाचित भएको हुनाले फोहोरको समस्यालाई झन् पेचीलो बनाइएको धारणा राख्दै आएका छन् । 

    फोहोर बोकेका गाडी तोडफोडपछि समाधान थप कठिन बन्दै 

    गएको सोमबार बञ्चरेडाँडा सडक खण्डमा काठमाडौंका फोहोर बोकेका १४ वटा गाडीमाथि तोडफोड भएको छ । फोहोर बोकेका १४ वटा गाडी, दुई वटा डोजर र एउटा स्कामेटर तोडफोड भएको छ । विगत लामो समयदेखि सिस्डोलबासीले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् भने फोहोर लाने काममा समय–समयमा अवरोध गर्दै आएका छन् । गाडी तोडफोड भएपछि मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने चलखेलस्वरुप गाडीको तोडफोड  भएको प्रतिक्रिया दिएका छन् । 

    5.PNG

    मंगलबार सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले यसको भरपाइ तथा क्षतिपूर्ति पनि तोडफोड गर्नेहरुबाट नै हुने बताएका छन् । यो अवस्थाको सिर्जना भएसँगै काठमाडौंको फोहोरे व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको छ । उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटा पालिकाको फोहोर व्यवस्थापन सिसडोलमा हुँदै आएको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सय भन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपापालिका दुईको सिसडोलमा फोहोर लैजाने गर्छन् । 

    दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० भन्दा बढी ट्रकले एक हजार टन भन्दा बढी फोहोर फालिरहेका छन् । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरडाँडा ल्यान्डफिल साइट १६ वर्ष सम्म पनि नबन्दा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अन्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो जुन हालसम्म पनि तयार हुन सकेको छैन । यदि यो बनेपनि यसले मात्र काठमाडौंको फोहोर धान्न नसक्ने अवस्था भइसकेको विज्ञहरुले बताउँदै आएका छन् । 

    6.PNG

    फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरले गर्दै छ यस्ता तयारी...

    फाहोर व्यवस्थापनमा जटिलता देखिएपछि हाल काठमाडौं महानगरले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने तयारी गरेको छ । कीर्तीपुरमा प्राप्त करिब ५० रोपनी जग्गामा पहिलो चरणमा फोहोर व्यवस्थापनको काम सुरु गर्ने महानगरको योजना छ । यस ठाउँमा दैनिक ४० हजार किलो फोहोर व्यवस्थापन गरी मल उत्पादन गरी समुलियत दरमा मल बिक्री गर्ने योजनामा महानगर छ । यो सँगै अन्य स्थानहरुको पनि खोजी गरी यस प्रक्रियाबाट पनि फोहोर व्यवस्थान गर्ने महानगरको योजना रहेको छ । आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा महानगर अगाडि बढको छ । 

    त्यस्तै हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोको समस्या भएकोले महानगरले वैकल्पिक बाटोको पनि खोजी गरिरहेको छ । काठमाडौं महानगर सहित अन्य १७ वटा स्थानीय तहको सहकार्यमा बन्चरडाँडामा फोहोर व्यवस्थापन गर्न कामहरु भइरहेको छ । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने योजना महानगरको छ । यसको लागि काठमाडौं महानगरले चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ । 

    mmm.jpg

    यसरी मेयर बालेन शाहले फोहोर व्यवस्थापनको लागि निरन्तर प्रयास गरेको देखिन्छ । तर पनि उनको लागि फोहोर व्यवस्थापन निकै कठिन बन्दै गएको छ । बोलेनले  फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर आएको हुनाले उनको सफलता र असफलतासँग फोहोर व्यवस्थापनको विषय जोडिन्छ  । लगभग तीन महिनाको समयमा मेयर शाहले फोहोर व्यवस्थापन गर्ने विश्वासीलो आधारसमेत दिन सकेका छैनन् । यसै कारणले गर्दा पनि उनको आलोचना सुरु भएको छ । मुख्य एजेन्डा यहि बनाएको हुनाले बालेनले अन्य काममा सफलता हात पारेपनि फोहोर व्यवस्थापन गर्न नसके असफल साबित हुने धेरैले बताउँदै आएका छन् । तर काठमाडौंको फोहोर निकै जटिल समस्या भएको कारणले गर्दा यसलाई समाधान गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यक्ता देखिन्छ ।