- तेस्रो आँखा डेस्क
काठमाडौं, २४ मंसिर । भाजपा नेता हर्ष बर्धनले एउटै कार्यक्रममा यति धेरै प्रधानमन्त्री कहिलै नदेखेको बताएका छन । नेपाली कांग्रेसको १४ औ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले समारोहमा प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुको सहभागिता देखेर यति धेरै प्रधानमन्त्री आफूले अहिले सम्म एउटै कार्यक्रममा कतै नदेखेको बताएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत शुभकामना सुनाए । यसैगरी उनले आफ्नो राजनीतिक जीवनमा यस्तो कार्यक्रम नदेखेको बताए । उनले सबै दलका प्रमुखहरु कार्यक्रममा सहभागी भएको आफूले कतै नदेखेको बताए । साथै विश्वका राजनितीक दलहरुले यो संस्कार सिक्नुपर्ने उनकाे भनाइ छ ।
'एउटा पार्टीको कार्यक्रममा सबै दलका प्रमुखहरु शुभकामना दिन आउनु सामान्य कुरा हैन,' उनले भने 'यो संस्कार विश्वका दलहरुले सिक्नुपर्छ।' यसैगरि उनले नेपालका नागरिक र भारतीय नागरिकबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले भने 'नेपालीलाई चोट लाग्दा, भारतीयलाई दुख्छ ।'
पशुपतिको आशिर्वादमा हरेक नेपालीहरु बाच्न पाएको भन्दै उनले नेपालीहरुलाई भाग्यमानी रहेको बताए । साथै उनले सम्पुर्ण भारतीयतर्फबाट कांग्रेस माहाधिवेशनको शुभकामना दिए ।
