• ट्रेण्डिङ्ग :
रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता


  • 5.4K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

    रोल्पा, २६ साउन। रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।
     
    निर्वाचन आयोगले गत आसार १ गते देखि तीनस्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलनको काम भएको थियोे निर्वाचान कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले बताए ।

    images

    उनले भने “मतदाता नामावलीमा दोहोरोपना नहोस भनेर काम गरिरहेका छौँ ।”  जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ ।  

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप