हिन्दू राष्ट्र स्थापनाको माग गर्दै दाङबाट २१ दिनको खाली खुट्टा पैदल यात्रा गरेर पशुपति आईपुगे बस्नेत

हिन्दू राष्ट्र स्थापनाको माग गर्दै दाङबाट २१ दिनको खाली खुट्टा पैदल यात्रा गरेर पशुपति आईपुगे बस्नेत


  • 12.5K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 19.3K Views

    हिन्दू राष्ट्र स्थापनाको माग गर्दै दाङबाट २१ दिनको खाली खुट्टा पैदल यात्रा गरेर पशुपति आईपुगे बस्नेत

    काठमाडौं, २६ साउन। हिन्दू राष्ट्र स्थापनाको मुख्य माग राख्दै एक जना युवा २१ दिनको खाली खुट्टा पैदल यात्रा गर्दै पशुपतिनाथ आईपुगेका छन् । दाङका युवा झनक बस्नेत चार जिल्लाको सिमाना बबई नदि देखि काठमाडौं सम्म खाली खुट्टा पैदल यात्रागरि बिहिबार काडमाडौं आइपुगेका हुन्।

    images

    सनातन हिन्दु राष्ट्र नेपाल  सहित संघीयता खारेज हुनुपर्ने माग राख्दै साउन ४ गते देखि चार जिल्लाको सिमाना कोहलपुर-सुर्खेत सडक खण्डमा पर्ने बबई नदि तटबाट खाली खुट्टा पैदल यात्रा गरेका दाङ्ग काङ्रेसका युवा नेता बस्नेतले २१ दिन आईपुग्दा आफ्नो यात्रालाई पशुपतिनाथ मन्दिर पुगेर विश्राम गरेका दिए ।

    हिन्दु महाअभियान नेपाल आन्दोलनका लागी नेपाली कांग्रेसका नेता स्व. खुम बहादुर खड्काको नाममा समर्पित गरेका थिए । यात्रा बाँके ,बर्दिया ,सुर्खेत र सल्यानको सिमाना कोहलपुर देखि  छिन्छुको बिचमा पर्ने बबई पुल देखि शुरुगरेका बस्नेतलाई ठाउँ ठाउँमा स्थानीयवासीहरुले स्वागत र विदाई गर्दै पठाएका थिए । खाली खुट्टा पैदल यात्रा गरेका बस्नेतले पशुपति मन्दिरमा यात्रा विसर्जन गर्दै भने–’मेरो पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गराउन लक्षित थियो ।’

    शुभचिन्तक,आफन्त,साथिभाई सहित हिन्दू धर्ममा विश्वास गर्नेहरुले पैदल यात्रु बस्नेतलाई पशुपति मन्दिर परिसरमा एक कार्यक्रम गर्दै स्वागत गरेका थिए । बस्नेत नेपाली कांग्रेस तुल्सिपुर उप-महानगरपालिका कमिटिका सह-सचिव समेत हुन् । 

  • सम्बन्धित विषय:

  • # दाङ

  • तेस्रो आँखा
    लेखकबाट थप