एउटै मञ्चमा ओली, नेपाल र दाहाल

एउटै मञ्चमा ओली, नेपाल र दाहाल


  • 5.4K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    एउटै मञ्चमा ओली, नेपाल र दाहाल

    तेस्रो आँखा डेस्क

    images

    काठमाडौं, २४ मंसिर । बितेको समय त फर्कंदैन तर समय भने सबैको आउँछ । पर्खनुमात्र पर्छ । आज त्यही समय आइछाड्यो । नसोचेको घटना हुने समय आयो नै ।

    त्यो समय हो– नेपालका ठूला दलका तीन नेताले एउटै मञ्चमा बसेको । एक वर्षपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै ठाउँमा देखिनुभयो ।

    त्यसैगरी, दशकौंसम्म सहकार्य गरेर छुट्टिनुभएका नेता ओली र नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार पनि सँगै मञ्चमा बस्नुभयो ।

    पाँच महिनापछि यो अवसर जुरेको हो । शुक्रबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाट समारोहमा उहाँहरुले मञ्च साझा गर्नुभएको हो ।


    तेस्रो आँखा