एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनायो

एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनायो


  • 6.6K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनायो

    काठमाडौं, २६ साउन। नेकपा एमालेले संघ र प्रदेशको चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल सदस्य रहेका छन् ।

    images

    बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो । समितिमा केन्द्रीय कमिटीका सबै सदस्यहरु सदस्यका रुपमा रहनेछन्।

    यस्तै, सचिवलाय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । भदौ ९ गते पोलिटब्युरो बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप