ओली र लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

ओली र लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल


  • 8.0K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    ओली र लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

    काठमाडौं, २८ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

    images

    आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो। शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन।

    २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप