तेस्रो आँखा डेस्क ।
काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनताको लागि केही गर्ने प्रेरणा कांग्रेससले दिएको बताएका छन ।
उनले कांग्रेसलाई झन शक्तिशाली बन्न शुभकामना दिदै यो शक्ति समग्र नेपालका लागि हितकर हुने बताए । अहिले संसद राम्रोसँग काम नगरेको भन्दै यो राम्रो नभएको बताए । यसै गरि न्यायलयमा देखिएको विवादका कारण नेपालीहरुले न्याय पाउने बाटो बन्द भएको बताए ।
न्यायलय स्वतन्त्र नभएकोप्रती दुखेसो पोखे । यसै गरि उनले संविधानप्रतिको असन्तुष् आफूहरुको कायमै रहेको बताए । आफूहरुका नेता कार्यकर्ता जेलमा रहेको भन्दै उनले भने 'रेशम चौधरी जेलमा छन, महोत्तरिमा पनि सबै भन्दा बढीलाई मुद्दा लाग्यो, केही जेलमै छन, कैलालीमा पनि जेलमा छन , उनीहरुलाई मुक्त गरियोस ।'
उनले कुनै पनि आन्दोलनलाई दबाउनु हितकर नहुने बताए । साथै उनले उनिहरुलाइ जेल मुक्त गरिए फेरि आन्दोलन गर्ने चेतावनी दिए ।
