मिटरब्याजी पीडितलाई गृह मन्त्रालयले भन्यो: भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गर्नु

मिटरब्याजी पीडितलाई गृह मन्त्रालयले भन्यो: भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गर्नु


  • 5.2K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    मिटरब्याजी पीडितलाई गृह मन्त्रालयले भन्यो: भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गर्नु

    काठमाडौं, २८ साउन । गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । 

    images

    मन्त्रालयले  मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटर ब्याजपीडितहरूलाई  आग्रह गरेको हो । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

    कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति’सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको थियो ।

    k.jpg

  • सम्बन्धित विषय:

  • # ‘मिटरब्याज’

  • तेस्रो आँखा
    लेखकबाट थप