काठमाडौं, २८ साउन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेका हुन् ।
उनले भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बच्चाको डीएनए टेस्ट गर्ने माग पुरा नगरको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
बालेनले निहारिकासँग करिब १० मिनेट कुराकानी गरेका थिए । निहारिकाको संघर्षमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिवद्धता उनले जनाए । मुद्दाको अवस्थाबारे जिज्ञासा राख्दै कानूनी सहायता गर्ने आश्वासन पनि बालेनले दिए । निहारिकाले बालेनसँग आफुलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।
