• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजसम्म आयोगमा ४० दल दर्ता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजसम्म आयोगमा ४० दल दर्ता


  • 7.3K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजसम्म आयोगमा ४० दल दर्ता

    काठमाडौं, २८ साउन। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले दल दर्ता गराएका छन्।

    images

    राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ।

    सार्वजनिक विदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ। यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ। आज शनिबार पनि दल दर्ता गर्ने क्रम चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। 

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप