नेपालले पुर्वराजा शाहलाई चेतावनी दिदै भने 'शक्ति भए पार्टी खाेल कि नसके व्यापार गर'

नेपालले पुर्वराजा शाहलाई चेतावनी दिदै भने 'शक्ति भए पार्टी खाेल कि नसके व्यापार गर'


  • 9.0K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    नेपालले पुर्वराजा शाहलाई चेतावनी दिदै भने 'शक्ति भए पार्टी खाेल कि नसके व्यापार गर'
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २४ मंसिर । नेकपा समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले पुर्वराजालाई पार्टी खोल्न चेतावनी दिएका छन । कांग्रेसकाे १४ औं महाधिवेशकाे उदघाटन सत्रलाई सम्बाेधन गर्दै नेपालले पुर्वराजा ज्ञानेन्द्र शाहलाई शक्ति भए नयाँ पार्टी खाेले हुन्छ भन्दै चेतावनी दिएका हुन् । 

    images

    त्यस्तै उनले नसके राजनी नगर्न वा पसल खोलेर बस्न समेत सुझाव दिए ।

    नेपालमा निरंकुशताको कालो बादल मडारिरहेको भन्दै यस्तो कदम किमार्थ अब सम्भव नहुने उनकाे धनाइ छ । 'प्रतिगामी तत्वहरुले अब त्यस्तो सपना नदेखे हुन्छ,' नेपालले भने । उनले मुलुक एक ढङले निकाशको बाटो पहिल्याइसकेको भन्दै अब कोहि बाधक बनेर यो गति नरोकिने बताए ।

    नेताहरुले गफ धेरै र काम कम गरेको भन्दै अब काम बढी र गफ कम गर्नु पर्ने बताए । जनताको विश्वास जितेर अगाडि बढ्नुपर्ने भन्दै उनले यसले मात्रै मुलुकको हित गर्ने बताए । यसैगरी उनले नेपाली कांग्रेसलाई महाधिवेशनबाट अझ शसक्त बनेर जनताको हितका लागि बढी गम्भीर बन्न सकोस भन्दै शुभकामना दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा