• ट्रेण्डिङ्ग :
कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने


  • 5.7K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ ।

    images

    सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।

    शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन । सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

    समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणा गरेका छन् । ‘कांग्रेसका मतदाताले चुनाव चिन्हमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भने ।

    यस्तै, चितवन कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले पनि आफूहरु पछि नहट्ने प्रष्ट पारेका  छन् । गत स्थानीय चुनावमा कांग्रेसको असन्तुष्ट समूहले भरतपुरको मेयरमा दाहालकी छोरी रेनु विरुद्ध जगन्नाथ पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेलले १५ हजार मत ल्याएका थिए।

  • सम्बन्धित विषय:

  • # उम्मेदवारी दिने

  • तेस्रो आँखा