- तेस्रो आँखा डेस्क ।
काठमाडौं, २४ मंसिर । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनितिक शक्तिहरु सम्भावित निरंकुशताको आक्रमणबाट सतर्क रहनु पर्ने बताएका छन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि बोल्ने क्रममा 'नेताहरुलाइ चोर आयो भन्छन' भन्ने अभि व्यक्ती दिएपछी दहालले यो अभिव्क्तिलाई निरन्कुशताको प्रतिकका रुपमा अर्थ्याए । यसैगरि उनले दलहरूले जनताप्रति गरेका वचन सत्तमा पुगेपछी चुक्ने गरेको बताए ।
'जनतासँग गरिएका वाचाहरुबाट हामीहरु चुकेका छौ' दहालले भने 'किन विकृतिको सिकार हुन्छन् ? यसको खोजी गर्नैपर्छ ।' आफू प्रधानमन्त्री हुँदाको स्मरण गर्दै उनले यो अहंकार हुने गरेको अनुभूति सुनाए । दहालले लोकतन्त्रमाथी आँच आउने होकि ? भन्ने खतराहरु मडारिरहेको समेत बताए ।
कांग्रेससँग माओबादीको एकखालको विशिष्ट सम्बन्ध रहेको उनकाे भनाइ छ । कांग्रेस महाधिवेशमा सम्बाेधन गर्दै दाहालले मुलुकलाई अग्रगामी प्रदान गर्न अझ बलियो एकता आवश्यकता रहेको बतए । साथै उनले कांग्रेस एक्लै हिड्न नहुने भन्दै कांग्रेसलाई संझाए । केहीले कांग्रेस एक्लै हिड्नुपर्ने भन्दै दिएको अभिव्यक्तीप्रती दाहालले भने 'अहंकार नगरौं ,हिड्ने सँगै हो ।' साथै उनले एक्लै हिड्ने अहंकारले धेरैलाई नराम्रो असर परेको उदाहरण रहेको भन्दै अब कांग्रेससँगै हिड्नुपर्ने धारणा राखे ।
