लागुऔषध ब्राउनसुगर र  ट्याब्लेट सहित ३ जना पक्राउ 

लागुऔषध ब्राउनसुगर र  ट्याब्लेट सहित ३ जना पक्राउ 


  • 4.8K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    लागुऔषध ब्राउनसुगर र  ट्याब्लेट सहित ३ जना पक्राउ 
    बिराटनगर ।  झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र  लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
     
    शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल  सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो ।
     
    पक्राउ परेका चालकलाई सोधपुछ गर्दा  अमरुवा गाउँपालिका-५ सिराहा घर भइ हाल बिर्तामोड-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो ।
    यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # अपराध

  • तेस्रो आँखा