• ट्रेण्डिङ्ग :
कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ 

कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ 


  • 3.8K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ 

    सुर्खेत ।  कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  वीरबहादुर शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए ।

    images

    सपथ आज बिहान ११ बजे हुने छ ।

    यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । 

    मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।  

  • सम्बन्धित विषय:

  • # शाहीको आज सपथ

  • तेस्रो आँखा