नेता भट्टराईको बालेनलाई आग्रहः फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सहयोग गर्न तयार छाैँ

नेता भट्टराईको बालेनलाई आग्रहः फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सहयोग गर्न तयार छाैँ


  • 5.0K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    नेता भट्टराईको बालेनलाई आग्रहः फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सहयोग गर्न तयार छाैँ

    काठमाडाैं, २९ साउन। नेकपा एमालेका सचीब योगेश भट्टराईले काठमाडौं महानगरको मेयर बालेन्द्र  शाह (बालेन)लाई काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठोस प्रस्तावसहित एमालेसँग आउन आग्रह गरेका छन् । 

    images

    आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले यस्तो आग्रह गरेका हुन् । ‘यो सरकारले काठमाडौंको फोहोर व्यवस्थापन गर्न कुनै कदम चाल्ने छैन’, नेता भट्टराईले भने ‘ काठमाडौंका मेयर शाहलाइ म आग्रह गर्न चाहन्छु, ठोस प्रस्तावसहित एमालेसँग आउनुस एमाले तपाईँलाई सहयोग गर्न तयार छ ।’

    सरकारकाे पछि लाग्दा मेयर शाह सफल हुन नसक्ने उनको भनाइ छ । उनले काठमाडौंमा फोहोरको व्यवस्थापन नहुँदा हैजा लगायतको संक्रमण राेग फैलिन सक्ने जोखिम उच्च भएको बताए । 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # योगेश भट्टराई

  • तेस्रो आँखा
    लेखकबाट थप