प्रतिनिधिसभाबाट सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

प्रतिनिधिसभाबाट सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित


  • 5.9K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    प्रतिनिधिसभाबाट सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

    काठमाडौं, २९ साउन। प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । 

    images

    बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ । 

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । उनले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • तेस्रो आँखा
    लेखकबाट थप