काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
आज दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिएको बैठक भाेलीसम्मकाे लागि स्थगित भएको हो । बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीबारे छलफल गर्ने र राष्ट्रपतिले प्रमाणीकरण नगरी संसदमा फर्काएको नागरिकता विधेयकबारे छलफल हुने तयारी थियो ।
साथै लामो समयदेखि थाति रहेको पदाधिकारी चयन र अन्य कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल गर्ने बैठकको तयारी थियो । यस्तै आगामी निर्वाचनमा बाबुराम भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टी पनि माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिँया हथौडाबाट चुनाव लड्ने मौखिक सहमति भएको सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका थिए । बैठक मंगलबार बिहान आठ बजे बस्ने गरी स्थगित गरिएको हो ।
