प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गर्नुपर्छ: प्रधानमन्त्री देउवा

प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गर्नुपर्छ: प्रधानमन्त्री देउवा


  • 7.2K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गर्नुपर्छ: प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति  प्रकाशनमा ल्याउनुपर्ने बताएका छन् ।

    images

    नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताएका हुन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा पवर्दनमा भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गरे ।

    प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिए । उनले  यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाए । 

    उनले प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गरे। सो क्रममा सरकारबाट हुने सहयोग र सद्भावका लागि आफू तत्पर रहेको प्रधानमन्त्री देउवाले विश्वास दिलाए। सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गरे । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # शेर बहादुर देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप