• ट्रेण्डिङ्ग :
आगामी निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने झलनाथ खनालकाे संकेत

आगामी निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने झलनाथ खनालकाे संकेत


  • 4.6K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    आगामी निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने झलनाथ खनालकाे संकेत

    इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मंसिर चारको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलामको क्षेत्र नम्बर १ उम्मेदवारी दिने बताएका छन् ।

    images

    आज इलाममा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले केन्द्रीय तहमा सत्तारुढ दल गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा छलफल भइरहेकोले आफूले अहिले सांसद रहेकै क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन्।  

    ‘आउँदो निर्वाचनमा म सक्रियतापूर्वक अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा छु,’ खनालले भने, ‘मैले चुनाव लड्नुपर्दा अर्को निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलामको १ नै हो। यही क्षेत्रमा म आउँछु।’ 


    तेस्रो आँखा
    लेखकबाट थप